भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

काठमाण्डौ : भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

एक जना घाइते भएका छन् । बा. ३ .ख .५४२३ नम्बरको टिपरले बा. ५७ .प. ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते हुनुभएको छ । महर्जनको उपचार भइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: