२५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २५९ जना संक्रमित थपिएकाहुन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएकाहुन् ।

७ हजार २३१ जनाको पिसिआर परीक्षण र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।

२६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: