२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

प्रधानन्यायाधीशलाई कोरोना संक्रमण

जनसेवा न्यूज संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ।

सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पुष्टि गरे।

अहिले प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ थिए।

‘प्रधानन्यायाधीश ज्यूलाई आज जाँच गर्दा कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ। उहाँलाई निमोनिया पनि देखिएको छ।

प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन्। आइतबार उनी अदालत आएका थिए।

बलम्बुस्थित एपिएफ अस्पतालका प्रमुख डा। रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com