ओलीले तोके केन्द्रीय समितिको दोस्रो बैठकको मिति
काठमाण्डौँ । नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २५ गते बस्ने भएको छ । पहिलो बैठक भने मंगलबार नै बस्दैछ ।
चितवनको सौराहमा मंगलबार भएको निर्वाचनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय कमिटी चयन गरेको थियो । नयाँ कमिटीका सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पहिलो बैठक केहीबेरमा बस्ने बताए ।
दोस्रो बैठक भने २५ र २६ गते तोकिएको ओलीले बताए । यो बैठकले स्थायी कमिटी, पोलिटब्यूरो गठनका साथै पार्टीको कार्यक्रम समेत तय गर्ने उनले जानकारी दिए ।