१.६४ अंकले घट्यो नेप्से, तीन अर्बमाथिको कारोबार
मंगलबार सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
आज सेयर बजार नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ को विन्दुमा झरेको हो।
आज २ सय २५ वटा कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज बैंकिङ, ट्रेडिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमुलक, माइक्रोफाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट उपसूचक घटेका छन्।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै आइसिएफसी फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका हुन्।