२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपालको झण्डा एसियन युथ पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने

काठमाण्डौ – बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् ।

भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन् । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् ।

एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापक नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com