२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अभिनेत्री सान्या मल्होत्राले साटिन् : ब्रेकअपु को पीडा

एजेन्सी

दंगलु बाट चर्चा कमाएकी अभिनेत्री सान्या मल्होत्रा हाल आफ्नो ​पछिल्लो फिल्म मिनाक्षी सुन्दरेश्वरु बाट प्रशंसा बटुलिरहेकी छिन्। उनै अभिनेत्रीले हालै एउटा अन्तर्वार्तामा आफ्नो ब्रेकअप ‘हृदयविदारक’ भएको र हाल आफ्नो मानसिक स्वास्थ्य सहज बनाउन संघर्ष गरिरहेको बताएकी छन्।

मलाई लाग्छ ब्रेकअप सबैका लागि गाह्रो हुन्छ। यही कुराले मलाई आफूमा केन्द्रित हुन बाध्य बनायो। मेरो पछिल्लो ब्रेकअप चार वर्ष लामो, लामो दूरीको सम्बन्ध थियो जुन म दिल्लीमा बस्दा सुरु भयो,ु अन्तर्वार्तामा सान्याले भनेकी छन्, हाम्रो सम्बन्ध समाप्त हुने बेला लकडाउन भयो र म मुम्बईमा एक्लै थिएँ। मैले परिस्थितिबारे मनन गर्न र सम्बन्धले किन काम गरेन भनेर बुझ्न समय लिएँ। मैले आफैंमा काम गर्न आवश्यक छ भनेर पनि बुझें। २०२० मेरो लागि राम्रो वर्ष थियो, निको हुने वर्ष।


हामीलाई प्रेमबारे आत्मप्रेम महत्त्वपूर्ण छैन भन्ने कुरा भनिएको हुन्छ तर त्यो सबैभन्दा ठूलो मिथक रहेको उनले बताइन्। ‘विशेष गरी बलिउडमा, जहाँ तपाईंले प्रेमका लागि एक व्यक्ति अर्को व्यक्तिको पछि दौडिरहेको देख्नु हुनेछ, तर त्यो वास्तवमा तपाईंभित्रै हुन्छ,’ सान्याले भनिन्।

विवेक सोनीको निर्देशन रहेको मिनाक्षी सुन्दरेश्वरमा सान्या अभिमन्यू दसानीका साथमा देखिएकी छन्। यसअघि सान्या अन्तिम पटक लुडोु फिल्ममा देखिएकी थिइन्। फिल्ममा उनले आदित्य राय कपुरको अपोजिट भूमिका निर्वाह गरेकी थिइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com