कांग्रेस प्रादेशिक अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।
शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता भएको थियो ।
कार्यसमितिका लागि अधिकांश स्थानमा गुठगत प्रतिस्पर्धा हुँदैछ भने । प्रदेश १ मा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको एउटा प्यानल बनेको छ । सभापतिका लागि गुरु घिमिरे र उद्धब थापा भिड्दै छन् ।
घिमिरे संस्थापन इतर (पौडेल)पक्षबाट सभापतिका उम्मेदवार हुन् भने थापालाई संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षसँगै नेता कृष्ण सिटोलाको पनि साथ रहेको छ।
प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ ।
मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।