कमल थापाको हार साथै राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष मा विजयी
जनसेवा न्यूज संवाददाता
काठमाडौँ । कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई २०० मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको जानकारी प्राप्त भएको छ ।
निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।