२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजि भए लगतै कमल थापाले लगाए निर्मल निवासलाई गम्भिर आरोप

जनसेवा न्यूज संवाददाता

पराजित भए लगतै कमल थापाले लगाए निर्मल निवासलाई गम्भिर आरोप पूर्वराजा ज्ञानेन्द्रलाई दिए बधाई

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित कमल थापाले हार स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा आक्रोश पोखेका छन् । उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।

सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार निर्मल निवासबाट आज पाएको भन्दै थापाले ज्ञानेन्द्रलाई धन्यवाद र बधाई दिएका हुन् ।

राप्रपाको अध्यक्षमा पराजय निश्चित भएसँगै उनले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाईँ दिँदै प्रतिकुल परिस्थितिमासमेत आफूलाई विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गरेका छन् ।

अहिले आफूले राहत र उन्मुक्ति पाएको थापाले उल्लेख गरेका छन् । उनले राजसंस्थाको एजेण्डा बोक्ने मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भनेर कामना पनि गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com