नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनुका सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: