२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

श्रीमतीको हत्या गरेर आफैँ प्रहरीलाई बोलाउने श्रीमान पक्राउ

काठमाडौं । आफ्नै कोठामा श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१० कुपन्डोलस्थित डेरा गरेर बस्ने रामेछाप मन्थली नगरपालिका–१२ कि ३५ वर्षीया जानुका भुजेल मंसिर १६ गते आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

करिब दिउँसो ३ बजे मृत भेटिएकी जानुका प्रहरी अनुसन्धान, पोष्टमार्टम रिपोर्ट, विभिन्न प्राविधिक पाटोको अनुसन्धानबाट भुजेलको स्वभाभिक मृत्यु नभएर हत्या भएको खुलेको थियो।

हत्यामा उनकै श्रीमान ३५ वर्षीय एक्काराज भुजेलको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको ललितपुर परिसरले जानकारी दिएका छन् ।

भुजेलले श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गर्ने श्रीमान एक्काराज आफैले श्रीमती मृत फेला परेको भन्दै प्रहरीलाई खबर समेत गरेका थिए ।

एक्काराजले श्रीमती खाटमा सुतिरहेको श्रीमती मृत अवस्थामा फेला परेको भनि प्रहरीलाई सूचना दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com