आफ्नो पार्टी तीनबुँदे सहमति प्रति प्रतिबद्ध भएपनि सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या भएको : महासचिव विप्लव
आफ्नो पार्टी तीनबुँदे सहमति प्रति प्रतिबद्ध भएपनि सरकार सहमति बाट भागेको : महासचिव विप्लव को आरोप
किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् । बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए ।
तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए । बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो । बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुन: छलफल गर्ने उनले बताए ।
नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।