२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

चिसोे झन् बढ्दै न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डौ । देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।

यसले गर्दा दिउँसोको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो यो भन्दा पनि कम ६ दशमलव २ डिग्री सेल्सियस थियो । बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुन थालेको छ । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा नै रहने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com