२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राजनीतिक दलहरूमा एकता र सहकार्य हुनुपर्ने : अध्यक्ष प्रचण्ड

जनसेवा न्यूज संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरूमा एकता र सहकार्य हुनुपर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूबीच समझदारी कायम गरेर सुशासन र विकासमा लाग्नुपर्ने बताएका हुन् ।

कांग्रेसका केही नेताले एक्लै हिँड्नुपर्छ भन्ने बताएको भन्दै दाहालले भने, एक्लै हिँड्ने अहंकार गर्न खोज्दा ओरालो यात्रा सुरु भएको भन्ने नेपालको इतिहासले देखाएको छ । कांग्रेस महाधिवेशनले राजनीतिक दलहरूको बीचमा समझदारी कायम गरी सुशासन र विकासको नयाँ युगतिर लाने नेतृत्व चयन गरोस् भन्ने आफ्नो चाहना रहेको दाहालको भनाइ थियो ।

कांग्रेस र माओवादी तथा व्यक्तिगत रूपमा आफ्नो विशेष सम्बन्ध रहेको दाहालको भनाइ थियो । हामी एक्लै हिँड्ने अहंकार नगरौं, हामी मिलेरै हिँड्ने हो । राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नै पर्ने हुन्छ । यो जे सफलता मिलेको छ त्यो एकता र गठबन्धनबाट मिलेको हो,ु उनले राजनीतिक दलहरूबीचको एकताले नै विभिन्न चरणका जनआन्दोलन सफल भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com