२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

झापामा बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

प्रदेश १ संवाददाता : भिम बहादुर तामाङ

झापा । बस र मारुती भ्यान एक–आपसमा ठोक्किँदा शनिबार बिहान झापामा एक जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र. १.०१.००१ ख. ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे .१. च .२२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए । यता अन्य घाइतेहरू बाह्रदशी– १ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।

उनीहरूको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ । झापामा चिसो बढेसंगै लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com