भारतिय जनता पार्टीका नेता : हर्षवर्द्धनले दिए कांग्रेको १४ औँ महाधिवेशको उपलक्ष्यमा शुभकामना

काठमाण्डौ – भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर प्रशंसा गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म नदेखेको बताउनुभएको छ । उहाँले यस्तो दृश्य भारतमा भएका कार्यक्रममा पनि नदेखेको बताउनुभएको हो । यस्तो दृश्य पहिलो पटक देखेको भाजपा नेता हर्षवर्द्धनको भनाइ थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एउटै मञ्चमा एकै साथ यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म देखेको थिइनँ । भारतमा पनि देखेको थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधामन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दका साथै विभिन्न पार्टीका शीर्ष नेता सहभागी हुनुभएको छ । भाजपा नेता हर्षवर्द्धनले एउटै कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित हुनु नौलो विषय भएको बताउनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: