२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार

जनसेवा न्यूज संवाददाता

काठमाण्डौँ । फोटो पत्रकारहरु कांग्रेस महमधिवेसन को जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन्। त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेर विरोध गरेका हुन्।

प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन्। उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।

अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com