अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।
राजधानीमा आयोजित बिमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा भएका कम्पनी पनि सेयर बजारमा कारोबार भइरहेको तर, सेयर बजार घट्दा अर्थमन्त्रीलाई दोष मात्रै लगाइएको बताए ।
अर्थमन्त्रीले सेयर बजार घटायो भनेर भ्रम छर्ने काम गरिरहेका छन्, यस्ता भ्रम छरेर ठग्लान् जोगिएर काम गर्नुस्उ नले भने ।
उनले कोरोनाको बिमा गराएर देश उत्कृष्ट मुलुक बनेको भन्दै व्यंग्य गरे । हाम्रोमा कोरोना बिमा पनि भयो । महामारीको पनि बिमा गर्नसक्ने उत्कृष्ट देशमा पर्छौ उनले भने विज्ञले के सुझाव दिएर यस्तो कार्य भयो ? अब त्यस्तो नहोस् ।