२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

अब चन्द्रागिरि बलम्बुमा सानिमा बैंकको शाखा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चन्द्रागिरि १२ हरियाली मार्ग बलम्बुमा बैंकको नयाँ शाखा सञ्चालमा ल्याएको छ ।

बैंकको ११८ औँ शाखाको रूपमा चन्द्रागिरि १२ बलम्वु हरियाली मार्गमा संस्थाको शाखा एक कार्यक्रमका विच सुभारम्भ गरिएको हो ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ले संयुक्त रुपमा गरेका छन् ।

काठमाडौँको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । अध्यक्ष पौडेलले शाखामा आम नागरिकहरूलाई सहजिकर गर्दै सर्वसुलभ सेवा दिन शाखाका कर्मचारीहरूलाई निर्देशन समेत प्रदान गरेका थिए । उनले भने,कुनै समस्या गुनासोहरूलाई हल गर्नु बैंकको मुख्य दायित्व हो सेवा प्रवाहमा कुनै कसर राख्ने छैनौ । सानिमा बैँकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com