बेलायतमा ओमिक्रोनु सङ्क्रमण बढेपछि स्वास्थ्य सङ्कटकाल घोषणा
काठमाण्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै जोनसनले ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री जोनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको ुबुस्टरु डोज लगाइने पनि बताउनुभयो । बेलायतले यही हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने बताउनुभयो ।
कोरोनाविरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् ।