८ लाख बराबरको चोरीपैठारी लत्ताकपडा बरामद

काठमाडौँ । बाँकेको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ ।

बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: