२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मतगरणा सकियो प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको ५०% मत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा धकेलिए ।

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा धकेलिएको हो ।

अब पहिलो र दोस्रो धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा वर्तमान सभापति देउवाले सबैभन्दा बढी २२५८ मत ल्याए । बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा देउवा ८२ मतले मात्र सभापति चयन हुनबाट रोकिए । ७७ मत बदर भएको छ ।

दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए । ३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए । पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com