दोस्रो चरणको मतदान सकिएको छ

२८ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ ।

दिउँसो साढे ३ बजेदेखि शुरु भएको भएको मतदान साढे ९ बजे सकिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदको दोस्रो चरणको मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।

मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना शुरु गरिने समितिले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: