२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

सूचना प्रविधिको विकासमा काम गरिरहेका छौँ : सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

लिभिङ विथ आइसिटीले शुक्रबार साँझ यहाँ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताउनुभयो । उहाँले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताउनुभयो ।

मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याउने बताउनुभयो । उहाँले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो । समारोहमा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले सूचना प्रविधिबाट सेवा दिएपनि सेवाग्राही सूचना प्रविधिप्रति अभ्यस्त नभएकोले सिकाउनुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन सूचना प्रविधिको प्रयोगलाई व्यापक गर्नुपर्ने बताउनुभयो । समारोहमा मन्त्री कार्की, सञ्चार सचिव डा. अर्याल र सचिव आचार्यले विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com