२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सुर्खेत–बिजौरामा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

काठमाण्डौँ । सुर्खेत लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो ।

सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो । प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले वन क्षेत्रको समस्या सुल्झिएपछि पश्चिम सुर्खेतमा विद्युत् पु¥याउन सहज भएको बताउनुभयो । प्रसारण लाइन विस्तारको टुङ्गो नलाग्दा पश्चिम सुर्खेतमा विद्युतको पहुँच पुग्न सकेको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com