२०८१ कार्तिक २३ - Fri Nov, 2024 -

Janasewa News

डोटीको बेड गाँउ बालविवाह मुक्त घोषणा

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउ जिल्लाभरिकै पहिलो बालविवाह मुक्त गाँउ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले आज एक कार्यक्रमका बीचमा यस गाँउलाई बालविवाह मुक्त गाउँ घोषणा गर्नुभएको हो ।

जिल्लामा सबै भन्दा बढी बाल विवाह गरिने वडाका रुपमा चिनिँदै आएको लडागडालाई अबका केही दिनमा बालविवाह मुक्त घोषण गर्ने उद्देश्य अनुरुप अहिले प्रत्येक गाउँ टोलहरुबाट नै बालविवाह मुक्त घोषणाको सुरुवात गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा यस वडालाई बाल विवाहमुक्त गर्ने योजना रहेको छ । योसँगै त्यहाँका स्थानीय निकै खुसी भएका छन् ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । त्यही लक्ष्य अनुसार ‘बिहाबारी २० वर्ष पारी’ नारा दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com