नेपाल आतंकवादी संगठनको केन्द्र बन्न सक्छ : अमेरिका
जनसेवा न्यूज
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ ।
त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रूपमा उल्लेख गरेको छ ।
सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।