२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संविधानसम्मत ढंगले नचल्ने सभामुखलाई हामी सभामुख मानेर अघि बढ्न सक्दैनौं : एमाले उपाध्यक्ष विष्णु पौडेल

संविधानसम्मत ढंगले नचल्ने सभामुखलाई हामी सभामुख मानेर अघि बढ्न सक्दैनौं : एमाले उपाध्यक्ष विष्णु पौडेल

एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशनमा बोल्दै उपाध्यक्ष पौडेलले एमालेले कारबाही गरेका सांसदहरूलाई निलम्बन गर्ने सूचना जारी नगरेमा राजीनामा दिनुपर्ने बताए।

संविधानसम्मत ढंगले नचल्ने सभामुखलाई हामी सभामुख मानेर अघि बढ्न सक्दैनौं ।

सभामुखमा कोही पनि व्यक्ति निर्वाचित भएपछि ऊ स्वतन्त्र र निष्पक्ष हुन्छ। ऊ तटस्थ भूमिकामा रहन्छ। तर हाम्रो सभामुख दल विशेषको कार्यकर्ताको हैसियतले संविधान र कानुनको व्यवस्थालाई ठाडो उल्लंघन गरेका छन्,उनले भने,एमालेजस्तो राजनीतिक दललाई विभाजन गर्नका निम्ति सभामुख पदको दुरूपयोग गरेर पदीय हैसियतको दुरूपयोग गरेर नांगो र निर्वस्त्र ढंगले उभिएका छन्।

सभामुखले कि त आफूलाई सच्याउनु पर्ने कि त राजीनामा दिनुपर्ने आफूहरूको माग भएको उनले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com