२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्नेछ ।
आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ । त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ ।
अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटी र पोलिट् ब्यूरो सदस्यका नामावली प्रस्तुत गर्नेछन् । आइतबारदेखि सुरु भएको बैठक सोमबार बसेर स्थगित भएको थियो । मंगलबार र बुधबार बस्दै नबसी स्थगित भएको थियो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com