संसदको गतिरोध हटाउन चाहेको हो भने प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्यो : सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका छन् ।
गृहजिल्ला इलाम पुगेका नेता नेम्वाङले यस्तो टिप्पणी गरेका हुन् । ‘संसदको गतिरोध हटाउन चाहेको हो भने प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्यो नि, भोजमा बोलाएजसरी बोलाएर हामी किन सहभागी हुने ? उनले भने ।
आफ्नो पार्टीले कारवाही गरेको सांसद हरुलाई कारवाही नगरेसम्म बैठकमा सहभागी नहुने भन्दै आएको एमालेले निरन्तर संसद बैठकमा नारावाजी गरी बैठक अवरुद्ध गर्दै आएको छ।