बागमति प्रदेशका सहसचिवमा धादिङका युवा नेता दलबहादुर बुर्लाकोटी (विजय) निर्वाचित

काठमाण्डौँ ।माओवादी केन्द्र बागमती प्रदेशमा पदाधिकारीहरुको लागि सहमती नजुटे पछि सोमबार साँझ प्रदेश पदाधिकारीहरुको लागि निर्वाचन भयो । २२ जना प्रदेश समितिमा चयन गर्न सफल धादिङले पदाधिकारी मध्य जिल्ला अध्यक्ष समेत भई सकेका दलबहादुर बुर्लाकोटी (विजय) लाई सह सचिवमा उठाउने आन्तरिक निर्णय गर्यो ।

त्यसै अनुरुप विजयले सह–सचिवमा उम्मेदवारी दिएका थिए । ३ जना चाहिने यस पदका लागि ९ जनाको उम्मेदवारी पर्यो जस मध्य सबैभन्दा धेरै १०५ मत प्राप्त गरी विजयी बने । यस्तै सहसचिवमा विजयी हुनेमा माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ छन् ।
दुई जना अध्यक्षका उम्मेदवार मध्य भारी मतान्तरले दिननाथ गौतमलाई पछि पार्दै सरल सहयात्री पौडेलले विजयी बने । गौतमको ८६ मतको विरुद्ध सहयात्रीले १६२ मत प्राप्त गरेका थिए ।