आज सुनको भाउ ओरालो लाग्यो

काठमाण्डौ । सुनको भाउ आज भने घटेको छ ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।