२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

डिशहोमले फाइबर इन्टरनेट बजारमा ल्याउँदै

काठमाडौं । डीटीएच एवं इन्टरनेट सेवाप्रदायक डिशहोमले नयाँ इन्टरनेट प्याकेज ल्याउने भएको छ । कम्पनीले केही दिनमै ३०० एमबीपीएसको उच्च गतिको फाइबर इन्टरनेट बजारमा ल्याउने भएको हो ।

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार ग्राहकले निकै सस्तो मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउने गरी नयाँ फाइबरनेट योजना घोषणा हुनेछ ।

यसका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट शुल्क स्वीकृतिका लागि पत्र पठाइसकेको उनले जानकारी दिए ।

मेश वाई-फाई प्रविधिसहितको यो इन्टरनेट अन्य सेवाप्रदायकको तुलनामा सस्तो र गुणस्तरीय हुने उनको भनाइ छ ।

पछिल्लो समय सेवाप्रदायकबीच स्पिड वार’ चलिरहँदा डिशहोम पनि उच्च गतिको इन्टरनेटसहित प्रस्तुत हुन लागेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com