२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रिमियम लिगका दुई खेलाडीमाथि बलात्कारको आरोप

म्याड्रिड- प्रिमियर लिगका खेलाडीहरू फेरि एक पटक बलात्कारको मुद्दामा फसेका छन् । दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ ।

प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनको सूचनामा उनका साथी खेलाडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि दुवै जना धरौटीमा रिहा भए पनि प्रहरीले दुवैलाई अभियुक्त बनाएको भने जनाइएको छ ।

जसका लागि दुवै खेलाडी खेल्छन्, त्यस क्लबले पनि खेलाडीलाई कारबाही गर्ने संकेत गरेको छ तर कारबाही कहिले र के गर्ने ? यो अझै स्पष्ट भएको छैन । तरमुद्दाको अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने खुलाइएको छैन ।

पक्राउ परेका दुई खेलाडीलाई मुद्दाको अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन। क्लबका प्रवक्ताले घटना अहिले प्रहरीको हातमा रहाकोले यस विषयमा क्लबले कुनै प्रतिक्रिया नदिने बताए ।

मिडिया रिपोर्टका अनुसार कथित बलात्कार शुक्रबार राति भएको थियो । पीडितले घण्टौंपछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरेका थिए । मेडिकलमा बलात्कार भएको पुष्टि भए पछि प्रहरीले १९ वर्षीय फुटबल खेलाडीलाई रंगशालाबाट पक्राउ गरेको थियो । सोधपुछ गरी रातभर लकअपमा राखे ।

उनका १९ वर्षीय साथीलाई भोलिपल्ट पक्राउ गरिएको थियो । दुवैमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । थप सोधपुछका लागि बोलाएपछि उपलब्ध हुने सर्तमा प्रहरीले दुवै खेलाडीलाई धरौटीमा रिहा गरेको हो । क्लबको अनुमति लिएर मात्रै रंगशाला प्रवेश गरेपछि प्रहरीले दुवै खेलाडीलाई पक्राउ गरेको हो ।

प्रिमियर लिग धेरै हाई प्रोफाइल सेक्स स्क्यान्डलका कारण हेडलाइनमा रह्यो । म्यान युनाइटेड स्ट्राइकर मेसन ग्रीनवुड 2022 मा बलात्कार प्रयासको लागी गिरफ्तारपछि निलम्बन गरिएको थियो । मुद्दामा क्लिन चिट पाएपछि उनी स्पेनिस फुटबल क्लबबाट खेलिरहेका छन् । म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर २९ वर्षीय बेन्जामिन मेन्डी गत वर्ष दुईवटा ट्रायलपछि बलात्कारको आरोपबाट सफाइ पाएका थिए। उनी अहिले फ्रान्सेली फुटबल क्लबबाट खेल्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com