२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

न्यूजिल्यान्डविरुद्ध पाकिस्तानको शानदार जित

काठमाडौँ- घरेलु टोली पाकिस्तानले न्यूजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा शानदार जित हात पारेको छ । शुक्रबार राति लाहोरमा सम्पन्न खेलमा पाकिस्तानले पाहुना टोली न्यूजिल्यान्डलाई ८८ रनले पराजित गर्‍यो ।

१ सय ८३ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १५ ओभर ३ बलमै सबै विकेट गुमाउँदै ९४ रनमात्र जोड्न सक्यो । न्यूजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ३४ रन बनाए । पाकिस्तानका हारिस राउफले सर्वाधिक ४ विकेट हात पार्दा इमाद वासिमले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ८२ रन बनायो । फरक जमान र साइम अयुवले समान ४७-४७ रन बनाए । न्यूजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिदाँ एडम मिल्ने र बेन लिस्टरले समान २-२ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com