२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

बेलिङघम नायक बन्दा बार्सिलोनामाथि रियल म्याड्रिडको पुनरागमन जित

स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि रियल म्याड्रिडले पुनरागमन २-१ गोलको जित निकालेको छ।

शनिबार बार्सिलोनामा भएको खेलको छैटौं मिनेटमा गुन्डोगनको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो।

रियलका लागि बेलिङघमले ६८ मिनेटमा बराबरी गोल फर्काए।

बेलिङघमले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अर्को गोल गर्दा रियलले रोमाञ्चक जित निकाल्यो। उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए।

२० वर्षीय इंग्लिस मिडमिल्डर बेलिङघमले सिजनमा क्लब तथा देशका लागि १६ खेलमा १३ गोल गरिसकेका छन्।

जितसँगै अंक तालिकाको शीर्ष टिम रियलले ११ खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानको बार्सिलोनाको २४ अंक छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com