२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री

भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम) लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्धा विना नै बेचेको खुलेको हो ।

नेपाल भलिबल संघले दश वर्षसम्मका लागि एनएसइएमलाई दिएको थियो । फ्रेन्चाइजी लिगको आयोजनाको जिम्मेवारी लिएको एनएसइएमले वार्षिक रुपमा एनभीए लिग आयोजना गर्न ३० लाख रुपैया दिने बताएको थियो ।

यतिमात्र होइन एनएसइएमले नेपाल भलिबल संघलाई भलिबल लिगबाट नाफा भएको ३० प्रतिशत दिने बताएको छ । पहिलो पटक फ्रेन्चाइज फम्र्याटमा आयोजना हुन लागेको प्रतियोगिताका महिला तथा पुरुष दुबैको प्रतियोगिता हुने भएको हो ।

एनएसइएमका सीईओ सुदिप शर्माले आफूहरुले पहिलो पटक आयोजना भएको प्रतियोगिता भएकाले भलिबललाई सहयोग पुग्ने ढंगले लिएको बताए । उनले दश वर्षसम्म भलिबल विकासमा योगदान दिने हिसावले लिएको बताए ।

‘दश वर्षसम्म भलिबलको विकास गर्ने हिसवाले लिएका हौं । यसमा प्रतिस्पर्धा भन्ने कुरा थिएन । पहिलो पटक हुन लागेको प्रतियोगिता भएकाले हामीले चासो देखाएका हौं,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने ।

यता नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले आफूहरुले प्रतिपर्धा बिना नै एनएसइएमलाई प्रतियोगिताको आयोजना गर्न दिएको बताए । पहिलो पटक आयोजना हुने प्रतियोगिता भएकाले प्रतिस्पर्धा गर्ने कुरा नभएको बताए ।
‘प्रतिस्पर्धा बिना नै प्रतियोगिता दिएका हौं । पहिलो प्रतियोगिता भएकाले हामीले प्रतिस्र्धा गरेनौं,’ उनले रातोपाटीसँग भने ।

एनएसइएम चौधरी ग्रुप अन्तर्गतकै खेलकुद म्यानेजमेन्टको संस्था हो । एनएसइएमकै आयोजनामा नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना हुँदै आएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com