२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रथम सोल्मा यु–१७ फुटबलको उपाधि सोल्मा स्पोर्टस् क्लबलाई

खोटाङ- प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफको २०औँ मिनेटमा सोल्मा निलोका गोलरक्षक पास्कल बस्नेतले पोष्टबाट हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो ।

दोस्रो हाफको ३३औँ मिनेटमा सोल्मा निलोका खेलाडी तिलक कार्कीले तेस्रो गोल गरेपछि जीत सुनिश्चित भएको हो । उपाधि विजेता आयोजकले रु २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारसमेत वितरण गरिएको थियो । विभिन्न विधागत उपाधिअन्तर्गत सोल्मा निलोका खेलाडी तिलक कार्कीले बेष्ट प्लेयर, हाइ स्कोरमा प्रविण तामाङ, बेष्ट किपरमा पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा दिलीप राई, बेष्ट मिडफिल्डरमा आशिष राई र बेष्ट कोचमा सनम राई घोषित भएका आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए ।

उनीहरूमध्ये बेष्ट प्लेयर कार्कीले नगद रु दुई हजार दुई सय २२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्याग पुरस्कार विजेताहरूले जनही नगद रु एक हजार एक सय ११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडका बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गरेका थिए । यही कात्तिक २ गतेदेखि सुरु भएको प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा क्लबका खेलाडी सहभागी भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com