ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधि उपचारको व्यवस्था गरेको हो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् ।
मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका हुन् ।
यता नेपालतर्फ बाँझो जमिन छ, उता भारतमा खेती भइरहेको छ । यो कदापि हुँदैन । कपिलवस्तुमा कृषि सिँचाइका लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, उनले भने ।
अध्यक्ष कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताए । उनले ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधि उपचारको व्यवस्था गरेको बताए ।