२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

फागुन १ गते २७ औं जनयुद्ध दिवस विप्लव नेतृत्वको नेकपाले भव्य रुपमा मनाउदै

विप्लव नेतृत्वकोे नेकपाले फागुन १ गते देशभर २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउदै ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गते सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध जनवादी सत्ता स्थापना गर्दै समाजवाद हुदै साम्यवाद सम्म पुग्ने उद्देश्य वोकी हतियार उठाएर जनयुद्ध घोषणा गरेको दिनको स्मरण गर्दै जनयुद्ध दिवस मनाउने गरिन्छ ।

नेकपाले फागुन १ गते केन्द्र देखि जिल्ला तह सम्म विभिन्न रचनात्मक काम गरी शुभकामना आदान प्रदान गरी जनयुद्ध दिवस मनाउन लागेको हो ।
जनयुद्ध दिवसका अवसरमा फागुन–१४ गते देखि २१ गतेसम्म सहिद सप्ताह पर्ने भएकाले सहिद परिवार भेटघाट,अभिनन्दन लगायतका विभिन्न कार्यक्रम गरी यो सप्ताह पनि मनाउन लागेको नेकपाले जनाएको छ ।

जनयुद्धले उठाएका राजनीतिक मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान नभएको भन्दै नेकपाले अझै थप संकट बल्झिदै गएको अवस्थामा जनयुद्ध दिवस र सहिद दिवस मनाउनु क्रान्तिको उद्घोष हुने वताएको छ ।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध निर्णायक लडाइँ लडेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल उद्देश्य राखेर सुरु गरिएको जनयुद्ध दशवर्ष सम्म सञ्चालन भएको थियो ।

दशवर्षे जनयुद्धकै बलमा सामन्तवादको राजनीतिक प्रतिनिधिको रुपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको घोषणा भए पनि साम्राज्यवादका विरुद्ध लडेर राष्ट्रलाई पूर्ण रुपमा स्वाधीन र आत्मनिर्भर बनाउने कार्यभार भने अझै बाँकी रहेको छ ।
जनयुद्ध र जनआन्दोलनले स्थापित लोकतान्त्रिक गणतन्त्र पनि अहिले दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा पुगेको छ ।

यो सत्ता र व्यवस्थाले अहिले तिनै साम्राज्यवादी शक्तिको दलाली गरेर आफ्नो सत्ता टिकाउने खेलमा दौडधुप गरिरहेको र क्रान्तिकारी परिवर्तनको प्रक्रियालाई अबरुद्ध पारेको नेकपाको ठहर छ ।

जनयुद्धको बाँकी कार्यभार पूरा गर्न नेपालमा दलाल पँुजीवादी व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्नु मुख्य कार्याभार भएको
नेकपाले वताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com