२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई गरे आग्रह

जनसेवा न्युज संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन भन्ने प्रश्न गर्दै अझैपनि शासक वर्गहरु मधेशी प्रति भेदभाव गर्दै आएको जिकिर गरे ।

नागरिकता विधेयक संसदमा विचाराधीन रहेको भन्दै उनले विगतदेखिका सरकारले नागरिकता नदिने षडयन्त्र गर्दै आएको आरोप लगाए । उनले पहाडी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको प्रति व्यक्ति आय ९ हजार र मधेश क्षेत्रको प्रति व्यक्ति आय ७ हुनुको कारण नागरिकता नै रहेको बताए ।

देशमा आन्दोलनबाट परिवर्तन आएको भन्दै ठाकुरले शान्तिपुर्ण आन्दोलनमा पनि सत्तापक्षद्वारा दमन र हिंसा गर्ने कार्य हुँदै आएको बताए । उनले मधेश आन्दोलनमा लागेका मुद्दा सरकारले फिर्ता नलिएकाले आफनो आन्दोलन अझैपनि जारी रहेको बताए ।

सभामा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झा, नेता सर्वेन्द्रनाथ सुक्ला, केन्द्रीय सदस्य हैदरअलि मोमिन, पुरन चौधरी लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com