२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेन

काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ ।

विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्रीमाथि गरेको कारबाही सदर नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको छ । ती दुवै जना भने प्रदेश सरकारमा मन्त्री छन् । सो विषय अहिले पनि अदालतमा विचाराधीन छ ।

प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद के.सीे मुख्यमन्त्री भएसंगै एमालेले अवरोध सुरु गरेको थियो । अवरोधकै कारण संसदीय समितिको बैठक पनि बस्न सकेको छैन ।

संसद नचल्दा सरकारले वितरण गर्ने अनुदान, विकास बजेट र योजनालगायतका कामहरु अलपत्र छन् । अहिले पनि प्रदेशसभाको हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुंगो छैन

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com