अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताउनुभएको छ ।
सल्यानमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने बताउनुभयो ।
उहाँले एमसीसी स्वार्थगत भए कदापि स्वीकार नगर्ने दाबी गर्नुभयो । एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने उहाँको धारणा छ । एमसीसीका विषयमा अल्झाइरहनु नहुने भन्दै यसबारे अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।