२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

बालुवाटार बोलाउँदा ओली नआउने भएकाले उहाँलाई भेट्न बालकोट नै जानुपर्ने प्रधानमन्त्रीलाई : प्रचण्डले राखे प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुपर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका छन् ।

राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

आफूहरुले बोलाउँदा ओली बालुवाटार नआउने भएकाले उहाँलाई भेट्न बालकोट नै जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताए ।

ओलीले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको उल्लेख गर्दै उनले एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा पनि ओली नआएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com