२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

नेपाली अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी छन्

नेपाली अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी छन्।

नेपालमा १५ दिन छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मा अभिनेत्री आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन्। उनको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी छन्। अधिकारी फिल्मका निर्देशकसमेत हुन्।

उक्त फिल्म काठमाडौं र पोखरामा छायांकन गरिएको हो। फिल्ममा अभिनेत्री आँचलले नेपालीमै संवाद गरेको बताइएको छ।

नेपाल र भारतमा सुटिङ गरिएको ‘हिटम्यान’मा आँचल भने नेपालका दृश्यमा देखिने छिन्।

दीपक अधिकारीले निर्माण गरेका ‘हिटम्यान’ वाईएस शेखरले छायांकन गरेका हुन्। यो चलचित्र आउने मार्चमा रिलिज गर्ने तयारी छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com