नेताहरु नियम, विधि र विधानमा बाँधिन नचाहँदा समस्या भएको हो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने नेताहरु नियम, विधि र विधानमा बाँधिन नचाहँदा समस्या भएको आश्चर्य व्यक्त गरे ।
आइतबारदेखि सुरु भएको माओवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आफूलाई माओवादीको महाधिवेशन किन भएन भन्ने लागिरहेकै बेला महाधिवेशन हुँदा आफ्नो मन र भावनासँग मेला खाएको अध्यक्ष नेपालले बताए ।
उनले भने, ‘प्रत्येक पाँच पाँच वर्ष महाधिवेशन हुनुपर्नेमा २०५९ सालदेखि किन भएन भन्ने प्रश्न उब्जिएको बेला माओवादी केन्द्रले ठ्याक्कै महाधिवेशन भएकोमा मन र भावनासँग मिल्न पुगेको छ ।’ अध्यक्ष प्रचण्डतिर हेर्दै उनले यसो भनिरहँदा हलमा हाँसो चलेको थियो ।
विधिमा बाँडिए देश विकास हुने पनि उनले बताएका छन् । तर, नेताहरु नियम, विधि र विधान बाँधिन नचाहँदा समस्या सिर्जना हुने पनि उनले औँल्याए ।