२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

माओवादी महाधिवेशनमा प्रधानमन्त्रीले भने एमसीसी राष्ट्रघाती छैन पास गरौँ


जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गरेरमात्रै बोल्न आग्रह गरे ।

‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुपर्‍यो, एमसीसी । कहाँ छ राष्ट्रघाती रु मैले त राष्ट्रघाती कही पढेको छैन,’ देउवाले अघि भने, ‘यदि एमसीसी राष्ट्रघाती हो भने त म पनि चाहदिनँ ।’

उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए । ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै ? म पनि राष्ट्रकालागि लडेको मान्छे हुँ, त्यति राष्ट्रघाती सन्धि किन गरुला रु त्यति राष्ट्रघात काम मैले किन गरौँला ? देउवाले प्रश्न गरे ।

उनले एमसीसी सहमतिबाटै पास हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com