२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

चितवन महायज्ञमा चार करोड सङ्कलन

काठमाण्डौँ । चितवन मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिनुभयो । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताउनुभयो ।

मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उहाँका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com