२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

जनताले हाम्रो पार्टी र अन्य पार्टीहरुमा खासै भिन्नता देखिरहेको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘जनताले हाम्रो पार्टी अन्य पार्टीहरुमा खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ ।’

प्रचण्डले सांस्कृतिक रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको उल्लेख गरेका छन् । राजनीतिक प्रतिवेदनमा उनले पार्टीका नेता कार्यकर्ताको यौन जीवनलाई पनि पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त गर्ने सूचकका रुपमा प्रस्तुत गरेका छन् ।

माओवादी नेताहरुकै यौनकाण्ड सार्वजनिक भइरहँदा प्रचण्डले राजनीतिक प्रतिवेदनमै यसबारे उल्लेख गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com